+
+

मन्त्री चयन गर्न कांग्रेसको कार्यसम्पादन समिति बैठक सुरु

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २९ गते १५:३४

२९ असार, काठमाडौं । नेपाली का‌ंग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ ।

शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठकमा नयाँ सरकार गठन, मन्त्रालय बाँडफाँड र पार्टीका तर्फबाट सरकारमा जानेहरुको नाम टुंगो लगाउने नेताहरुले बताएका छन् ।

साथै पछिल्ला राजनीतिक, समसामयिक विषयमा पनि छलफल हुने कांग्रेसका एक नेताले बताए । बैठकमा विपद् व्यवस्थापनका बारेमा छलफल हुने र सरकारलाई विपद् न्युनिकरणका लागि सरकारलाई सुझाव दिइने ती नेताले बताए ।

नेपाली कांग्रेसको भागमा गृह मन्त्रालय पर्ने भएसँगै सुशासन कायम गर्ने, विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउने बारेमा पनि छलफल हुने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?