+
+

दर्शकले फिल्म ‘ह्रस्व दीर्घ’मा रेखा थापालाई पनि देख्न पाउने

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २९ गते २०:३४

काठमाडौं । अनुबन्धित कलाकारको नाम घोषणादेखि नै फिल्म ‘ह्रस्व दीर्घ’ चर्चामा छ । यो फिल्ममा बलिउड र दक्षिण भारतीय फिल्मका दिग्गज कलाकारको अभिनय छ भने नेपालबाट नाम चलेका अनुहार छन् ।

कलाकारको यो लाइनअपमा दर्शकले सरप्राइज पाउनेछन् । दर्शकले फिल्ममा रेखा थापालाई देख्न पाउनेछन् । निर्माताले फिल्ममा रेखाको भूमिकाबारे केही नबताएपनि उनको अतिथि भूमिका हुनसक्ने अनुमान छ ।

प्राप्त तस्वीरमा रेखालाई फिल्मको छायांकन सेटमा देख्न सकिन्छ । जहाँ निर्देशक चन्द्र पन्त र निर्मात्री तथा अभिनेत्री नीता ढुङ्गानासँग रेखाले स्क्रिप्टमा छलफल गरिरहेको अनुमान लगाउन सकिन्छ ।

निर्देशक पन्तले फिल्ममा थापाको छोटो तर महत्वपूर्ण कास्टिङ रहेको बताए । ‘हलमा आउँदा हाम्रो फिल्ममा लेडी किङ थापाबाट दर्शकले ठूलो सरप्राइज पाउँछन्’ उनले भने ।

यो फिल्म संविधान दिवसको अवसरमा असोज ३ मा रिलिज हुँदैछ । निर्मात्री ढुंगानाले अहिले फिल्मको पोस्ट–प्रोडक्सनको काम चलिरहेको र एउटा गीत छायांकनको लागि टिम मुम्बई जाने तयारीमा रहेको बताइन् ।

उक्त डान्सिङ नम्बरलाई बलिउडका चर्चित कोरियोग्राफरले नृत्य निर्देशन गर्ने उनले बताइन् ।

नीता फिल्मस्को ब्यानरमा बन्ने फिल्ममा हरिहर अधिकारी, चर्चित दक्षिण भारतीय कलाकार व्रह्मानन्दम, अलि, सुनिल बर्मा, कबिर दुहान बलिउड कलाकार प्रदीप रावतसँगै नेपालका विपना थापा, गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाल, सञ्चिता लुइँटेल, बुद्धि तामाङ, किरण केसी, रविन्द्र झाको पनि अभिनय हुनेछ ।

सोसल–ड्रामा सहितको प्रेमकथामा आधारित यो फिल्मलाई भारतको रामोजी स्टुडियोदेखि मुम्बई, चितवन र काठमाडौंमा छायांकन गरिएको छ । अभिनेता हरिरहरको कथामा तयार फिल्ममा बलिउडका स्थापित सिनेमटोग्राफर कविर लालको छायांकन छ । फिल्ममा मित्र डि गुरुङको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?