+

स्विट्जरल्याण्डमा भएको दौडमा तेस्रो भए मनकुमार

२०८१ असार  ३० गते ८:२१ २०८१ असार ३० गते ८:२१
स्विट्जरल्याण्डमा भएको दौडमा तेस्रो भए मनकुमार

३० असार, काठमाडौं । नेपाली अल्ट्रा धावक मनकुमार रोका मगर स्विट्जरल्याण्डमा भएको एन्जेरी टुर डेज अल्पेज भलाइज रेसमा तेस्रो भएका छन् ।

२८ किलोमिटर दूरीको उक्त रेस २ घण्टा २४ मिनेट १४ सेकेण्डमा पूरा गर्दै मनकुमार तेस्रो भएका हुन् ।

कोलम्बियाका साउल एन्टोनियो पाउअ रोड्रिग्वेल २ घण्टा १९ मिनेट २६ सेकेण्ड समय निकाल्दै पहिलो भए । इथियोपियाका मेकोनेन तेफेरा दोस्रो भए उनले २ घण्टा २२ मिनेट ४५ सेकेण्डमा निर्धारित दूरी पूरा गरे ।

रेसमा करिब ८०० धावकले भाग लिएको मनकुमारले जानकारी दिए ।

तार्सिस अनके रनिङ क्लबमा आबद्भ भएका मन कुमारले स्वीट्जरल्याण्डमा दौडेको यो दोस्रो रेस हो । यसअघि जुलाई पहिलो साता भएको ट्रेल भर्बिएर सेन्ट बर्नार्ड बाई युटिएमबीमा उनी १५०० धावकमध्ये आठौं भएका थिए ।

रोल्पाको थबाङ-१ का २१ वर्षीय मनकुमारले स्विट्जरल्याण्डमा अझै दुई रेसमा भाग लिनेछन् । उनले आगामी अगष्ट १० मा हुने सिरे जिनाल र सेप्टेम्बर १३ देखि १५ सम्म हुने वाइल्ड स्ट्रबेल क्रान्स मोन्टानामा प्रतिस्पर्धा गर्नेछन् ।

अल्ट्रा धावक मनकुमार रोका मगर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय