+
+

महँगियो युरो, यस्तो छ रियाल, रिंगिट र दिराम भाउ

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ३० गते ९:१२

३० असार, काठमाडौं । आइतबार युरो महँगिएको छ । राष्ट्र बैंकले यस दिनका लागि एक युरोको बिक्रीदर मूल्य १४५ रुपैयाँ ८९ पैसा तोकेको छ । यो शुक्रबारको तुलनामा ४९ पैसा बढी हो । त्यस्तै खरिददर मूल्य १४५ रुपैयाँ २४ पैसा छ ।

अमेरिकी डलर ४ पैसा घटेको छ । अमेरिकी डलरको बिक्रीदर मूल्य १३३ रुपैयाँ ९६ पैसा, खरिददर मूल्य १३३ रुपैयाँ ३६ पैसा छ । अष्ट्रेलियन डलर २४ पैसा र क्यानेडियन डलर ८ पैसा बढेको छ ।

एक अष्ट्रेलियन डलरको बिक्रीदर मूल्य ९० रुपैयाँ ७४ पैसा तथा खरिददर ९० रुपैयाँ ३३ पैसा कायम भएको छ । क्यानेडियन डलरको बिक्रीदर ९८ रुपैयाँ ३५ पैसा तथा खरिददर मूल्य ९७ रुपैयाँ ९१ पैसा छ ।

एक मलेसियन रिंगिटको बिक्रीदर मूल्य २८ रुपैयाँ ६९ पैसा, खरिददर मूल्य २८ रुपैयाँ ३७ पैसा छ । शुक्रबारको तुलनामा यो १० पैसा बढी हो । एक कतारी रियालको बिक्रीदर मूल्य ३६ रुपैयाँ ७४ पैसा, खरिददर मूल्य ३६ रुपैयाँ ५७ पैसा तोकिएको छ । साउदी अरेबियन रियालको बिक्रीदर मूल्य ३५ रुपैयाँ ७२ पैसा तथा खरिददर मूल्य ३५ रुपैयाँ ५६ पैसा तोकिएको छ ।

बैंकले एक यूएई दिरामको बिक्रीदर मूल्य ३६ रुपैयाँ ४७ पैसा, खरिददर मूल्य ३६ रुपैयाँ ३१ पैसा तोकेको छ । सर्वसाधारणले आफूसँग भएको विदेशी मुद्रा सटही गर्दा खरिददर मूल्य पाउँछन् भने विदेशी मुद्रा लिनुपर्दा बिक्रीदर मूल्य तिर्नुपर्छ । १० जापानी यनको बिक्रीदर मूल्य ८ रुपैयाँ ४३ पैसा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?