+
+

त्रिशूली नदीमा बेपत्ता बस र यात्रुहरूको ४० किलोमिटर तलसम्म खोजी गरिने

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ३० गते ९:४६

३० असार, काठमाडौं । त्रिशुली नदीमा बेपत्ता भएका बस र यात्रुको घटनास्थलबाट ४० किलोमिटर तल गोलाघाटसम्म खोजी गरिने भएको छ ।

सशस्त्रको नं. १७ गण चितवनबाट ११ जना विपद् व्यवस्थापन तालिम प्राप्तसहित ४५ जनाको सुरक्षा फौजले घटनास्थलदेखि ४० किलोमिटर तल गोलाघाटसम्म र्‍याफ्टिङ बोट र नदी किनारामा पैदलगस्ती गर्दै खोजीकार्यको लागि परिचालन भइसकेको छ ।

अविरल वर्षाको कारण नदीमा आएको भेल र धमिलो पानी गर्दा सोनार क्यामरा र अन्य डिभाइसहरुको प्रयोग गर्दा समेत बेपत्ताहरुको खोजीकार्य गर्न असहज भएको छ ।

शनिबार बेपत्ता भएका बसमा सवार तीन जनाको शव फेला परेको थियो । तर, बस अझै भेटिएका छैनन् ।

वर्षासँगै आएको बाढीले भरतपुर महानगरपालिका-२९ सिमलतालमा २८ गते बिहान वीरगंजबाट काठमाडौतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३-०११ ख २५९५ नम्बरको बस  बगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?