+
+

अम्बानीको विवाहमा सँगै देखिए करण जोहर र प्रबल गुरुङ

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ३० गते ११:५८

काठमाडौं । ‘सम्बन्धको चर्चा’बीच बलिउड फिल्म निर्माता करण जोहर र नेपाली मूलका अमेरिकी फेसन डिजाइनर प्रबल गुरुङ भारतीय अर्बपति मुकेश अम्बानीका छोरा अनन्तको विवाह समारोहमा सँगै देखिएका छन् ।

अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाहमा सहभागी हुन प्रबल काठमाडौं हुँदै मुम्बई पुगेका थिए । सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियो र तस्वीरमा प्रबल र करण एकसाथ देखिएका छन् ।

सँगै विवाह समारोहमा पुगेका उनीहरुले मिडियासँग एकसाथ फोटो पनि खिचाए । प्रबल पनि भारतीय पहिरनमा समारोहमा पुगेका थिए । यी दुवै फेसन कन्सस सेलिब्रेटीले रेडकार्पेटमा तस्वीर खिचाउँदै मिडियासामु रमाइलो पनि गरे ।

जोहरले रेशम जडित समुन्द्री हरियो ज्याकेट कुर्ता र सजाइएको सल लगाएका थिए । उनको लुकको मुख्य आकर्षण एक ठूलो पन्ना नेकपीस थियो, जसले उनको लुकमा राजशैलीको आकर्षण प्रदान गर्‍यो ।

अर्कोतर्फ प्रबलले गुलाबी पाउडर रंगको ज्याकेट कुर्ता लगाएका थिए । दुवैले स्टाइलिस चश्माको साथ आफ्नो पोशाकलाई आकर्षित बनाए ।

करण र प्रबलको मित्रता सबैलाई थाहा भएकै कुरा हो । गत वर्ष करण जोहरले प्रबलसँगको एक अन्तर्वार्तामा आफ्नो प्रेम जीवनको बारेमा खुलासा गर्दै आफू सिंगल रहेको बताएका थिए ।

करणले आफू सम्बन्धमा नरहेको भन्दै आफ्नो फिल्ममा प्रेम केन्द्रीय विषय भएपनि आफूले सही पार्टनर खोज्न संघर्ष गरिरहेको बताएका थिए । त्यसअघि प्रबल र करणबीच प्रेम चर्चा पनि चलेको थियो तर करणले यसलाई अस्वीकार गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?