
३० असार, काठमाडौं । सरकारले भारतबाट चामल आयात गर्न २० वटा फर्मलाई अनुमति दिएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार भारतबाट तोकिएको कोटा बमोजिमको चामल आयात गर्न इच्छुक फर्म तथा कम्पनीसँग ११ असारमा सार्वजनिक सूचना जारी गरिएको थियो ।
त्यसमध्ये २८ फर्म तथा कम्पनीले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये २० फर्म र कम्पनीको आवेदन स्वीकृत भएको विभागले जनाएको छ । विभागले स्वीकृत फर्म र कम्पनीलाई सम्पर्कमा आउन समेत भनेको छ ।
विभागका अनुसार सबैभन्दा धेरै बाराको अम्बे किराना भण्डारले ५ हजार ७ सय ६९ टन र सबैभन्दा कम विराटनगरका प्रणाम टे«डर्स र विशाल ट्रेडर्सले ३ सय ८५ टन चामल आयात गर्ने अनुमति पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4