+
+

अस्पतालबाट डिस्चार्ज भए ट्रम्प, पूर्वनिर्धारित तालिका अनुसार चुनावी अभियानमा सक्रिय

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ३० गते १२:३४

३० असार, काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफूमाथि गोली प्रहारको घटनापछि पनि चुनावी अभियानलाई जारी राखेका छन् । बीबीसीका अनुसार उनी अस्पतालबाट डिस्चार्ज भएका छन् र पुनः चुनावी अभियानमा सक्रिय भएका छन् ।

आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनका लागि रिपब्लिकन उम्मेदवार ट्रम्प र डेमोक्रेट उम्मेदवार जो बाइडन प्रतिस्पर्धामा उत्रिएका छन् ।

पेन्सिलभेनियाको ग्रेटर पिट्सबर्ग क्षेत्रको बटलर काउन्टीमा चुनावी र्‍यालीलाई सम्बोधन गरिरहेका बेला ट्रम्पमाथि गोली प्रहार भएको थियो । उनको कानमा गोली लागेको थियो । उनको हत्या गर्ने उद्देश्यले गोली प्रहार भएको र कानमा मात्र गोली लागेर जोगिएको अमेरिकी अधिकारीहरुले बताएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार ट्रम्पमाथि गोली चलाउने व्यक्ति पनि सुरक्षा कारबाहीमा मारिएका छन् । अमेरिकी संघीय जाँच व्यूरो एफबीआईका अनुसार उनी २० वर्षका थोमस मथ्यु क्रुक्सको रुपमा पहिचान भएको छ । उनको बारेमा थप विवरण खुलिसकेको छैन । अधिकारीहरुले घटनाको अनुसन्धान गरिरहेको जनाएका छन् ।

गोली प्रहारको घटनापछि अस्पतालमा सामान्य उपचार गरी ट्रम्प न्यूजर्सीस्थित घर गएका छन् । त्यहाँबाट उनी विस्कोन्सिनको मिलवोकीमा हुने रिपब्लिकनको नेश्नल कन्भेन्समा सहभागी हुने छन् । यो कन्भेन्सनले आधिकारिक रुपमा ट्रम्पले उपराष्ट्रपति पदको उम्मेदवार चुन्ने छन् ।

ट्रम्पको चुनावी अभियानको कार्यालयले पूर्वनिर्धारित तालिका अनुसार नै ट्रम्प चुनावी अभियानमा सक्रिय भएको जनाएको छ । साथै कार्यालयले ट्रम्पको स्वास्थ्यप्रति चिन्ता, चासो र शुभेच्छा व्यक्त गर्ने सबैप्रति कृतज्ञता ज्ञापन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?