+
+

शेखर–गगन समूहले माग्यो ४ मन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ३० गते १२:३९

३० असार, काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला–गगन थापा समूहले कम्तीमा चार मन्त्री माग गरेको छ ।

विशालनगरस्थित कोइरालाको सचिवालयमा बसिरहेको बैठकले कांग्रेसले पाउने कूलमध्ये चार मन्त्री आफ्नो समूहले पाउनुपर्ने माग गर्ने निर्णय गरेको हो ।

बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीका अनुसार समूहले चार मन्त्री माग गर्ने र समूहबाट पठाउने मन्त्रीको चयन गर्ने अधिकार शेखर कोइराला, गगन थापा र धनराज गुरुङलाई दिइएको छ ।

बैठकमा शेखर कोइरालाका साथै गगन थापा, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, अर्जुननरसिंह केसी, बलबहादुर केसी, दिलेन्द्र बडू, डा मिनेन्द्र रिजाल र डा चन्द्र भण्डारी सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?