+
+

सर्पले टोकेर एक महिलाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ३० गते १३:४४

३० असार, काठमाडौं । नवलपरासी पश्चिममा सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ ।

आइतबार बिहान करिब ४ बजेतिर सुतिरहेकै स्थानमा प्रतापपुर गाउँपालिका ८ गंगापुरकी ३२ वर्षीय रुना पाललाई सर्पले टोकेको थियो ।

सर्पको टोकाइबाट बेहास भएकी पाललगत्तै उपचारको लागि सर्पदंश उपचार केन्द्र त्रिवेणी क्याम्प लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि पाललाई जिल्ला अस्पताल परासी पठाइएको थियो ।

उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?