+
+

सरकार फेरिने भएपछि त्रिवि सभा बैठक स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ३० गते १३:५६

३० असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सोमबार हुन लागेको त्रिवि सभा बैठक स्थगित गरेको छ ।

सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख भीमबहादुर श्रेष्ठले सूचना जारी गर्दै राजनीतिक परिस्थितिका कारण स्थगित गर्नुपरेको बताएका छन् ।

कार्यकारी परिषदको निर्णयअनुसार त्रिवि सभा गर्ने प्रस्तावलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सोमबार सभा गर्ने स्वीकृत गरेको थियो । तर सरकार परिवर्तनपछि त्रिवि कुलपति एवम् सभा अध्यक्ष नभएकोले सभा स्थगित भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?