+
+

बलेले गरे स्नेहासँग मागी विवाह

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ३० गते १५:१७

काठमाडौं । कलाकार सागर लम्साल ‘बले’ले आइतबार विवाह गरेका छन् । आइतबार चावहिलको एक ब्यांक्विटमा आयोजित वैवाहिक समारोहमा उनले झापाकी स्नेहा दंगालसँग लगनगाँठो कसे ।

दंगालसँग उनले मागी विवाह गरेका हुन् । स्नेहा भक्तपुरको ठिमी अस्पतालमा स्टाफ नर्सको रुपमा कार्यरत छिन् ।

विवाह समारोहमा दुबै पक्षका आफन्त र साथीभाईको सहभागिता थियो । बलेलाई बधाई दिन उनको सिरियल ‘सक्किगो नि’को टोली पुगेको थियो । उनलाई बधाईको ओइरो लागेको छ ।

केही दिनपछि बलेको अभिनय रहने फिल्म ‘लाज शरणम’को समेत औपचारिक घोषणा हुँदैछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?