+
+
प्रविधि :

एक्समा डिसलाइक बटन थप्दै एलन मस्क

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ३० गते १६:३१

काठमाडौं । सोसल मिडिया प्लाटफर्म एक्सका मालिक एलन मस्क आफ्ना आश्चर्यजनक घोषणा तथा निर्णयहरुका कारण निरन्तर चर्चामा छाइरहने अर्बपति हुन् ।

साविकको ट्वीटरलाई खरीद गरेसँगै उनले यसमा विभिन्न परिवर्तन गरिरहेका छन् । सबैभन्दा महत्वपूर्ण परिवर्तन त यसको नाम नै हो, जसलाई मस्कले ट्वीटरबाट एक्स बनाए ।

एक्समा मस्कले स:शुल्क ब्लू टिकलगायतका विभिन्न नयाँ नियमहरु लगू गरिसकेका छन्। यसैबीचमा उनले एक्स प्लाटफर्ममा अर्को महत्वपूर्ण तथा विवादास्पद फिचर ल्याउँदैछन्, त्यो हो डिसलाइक बटन ।

वस्तवमा एक्समा डिसलाइक बटनको विषय लामो समयदेखि चर्चा र विवादमा रहँदै आएको छ । यी सबै चर्चा परिचर्चालाई थान्को लगाउँदै मस्कले छिटै नै डिसलाइक बटन थप्न लागेका हुन् । यसको नाम पनि डिसलाइक नै रहने बताइएको छ।

स्मरण रहोस् सोसल मिडिया साइट रेडिटमा डिसलाइक बटनको रुपमा डाउनभोट आइकन रहेको छ। समाचार अनुसार एक्सको आइओएस एपको बिटा भर्सनमा डिसलाइक बटनको कोड देखा परेको छ ।

आइओएस एपमा टुक्रिएको मुटु आकारको आइकन देखिएको छ, यस्तो तस्वर कोडमा पनि देखिन्छ। यद्यपि यस विषयमा एक्स र एलन मस्कले सार्वजनिक कुनै केहीपनि बताएका छैनन् ।

यसअघि रिभर्स इन्जिनियर एरोन पेरिसले पनि एक्सको डाउनभोट फिचरका विषयमा खुलासा गरेका थिए । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?