+
+

‘बुलाकी’को गीत गाएर करणले गरे पार्श्व गायनमा डेब्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ३० गते १६:५३

काठमाडौं । नेपाल आइडल सिजन ५ का विजेता करण परियारले पार्श्व गायनमा डेब्यु गरेका छन् । साउन ३२ गते पुनः प्रदर्शन तयारीमा रहेको फिल्म ‘बुलाकी’को नयाँ गीतमा उनले स्वर दिएका हुन् । रेडियो नेपालको स्टुडियोमा रेकर्ड गरिएको गीतमा गायनमा करणलाई अन्नु चौधरीले साथ दिएकी छन् ।

गीतमा बाबुल गिरीको शब्द तथा संगीत छ । उनकै संगीतमा सोही फिल्मको अर्को गीतमा समीक्षा अधिकारीले पनि स्वर दिएकी छन् । अरु गीत सार्वजनिक भइसकेपनि पार्श्व गायनमा भने करणको यो डेब्यु हो ।

करणले इतिहास बोकेको संस्थामा गीत रेकर्ड गराउन पाउँदा आफू गौरवान्तित महसुस गरेको बताए । पहिलोपटक रेडियो नेपालमा गाउँदा आफूले भाग्यमानी महसुस गरेको समीक्षाले बताइन् ।

निर्माता तथा अभिनेता विराज विष्टका अनुसार सांगीतिक पक्षमा केही सुधार गरेर फिल्मलाई पुनः प्रदर्शनमा ल्याउन लागेको बताए । केन्द्रीय चलचित्र जाँच समितिका अनुसार मौलिक फिल्ममा केही हेरफेर गरे त्यसलाई पुनः सेन्सर गर्नुपर्ने प्रावधान छ ।

लक्ष्मण सुनारको निर्देशन रहेको फिल्म ‘बुलाकी’मा सुरक्षा पन्त, नरेन खड्का र विराज विष्टको मुख्य भूमिका छ । गत वर्ष वैशाखमा प्रदर्शनमा आएको यो फिल्मले कर्णाली भेगका एक निःसन्तान दम्पतीको कथा भन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?