+

पोन्टिङले छाडे दिल्ली क्यापिटल्स

२०८१ असार  ३० गते १७:३३ २०८१ असार ३० गते १७:३३
पोन्टिङले छाडे दिल्ली क्यापिटल्स

३० असार, काठमाडौं। प्रशिक्षक रिकी पोन्टिङले दिल्ली क्यापिटल्स छोडेका छन् ।

प्रमुख प्रशिक्षकले पद छाडेपछि दिल्लीले सामाजिक सञ्जालमा धन्यवादसहितको लामो स्टेटस पोष्ट गरेको छ । जसमा प्रशिक्षक पोन्टिङसँगको सात वर्षलाई समग्रमा समेट्दै एक भावुक पोष्ट सहित ‘धन्यवाद ’दिइएको छ ।

उनी सन् २०१८ देखि दिल्लीको टिमसँग अनुबन्ध रहेका थिए ।  सन् २०१८ मा अन्तिम स्थानमा रहेको दिल्ली सन् २०१९, २०२० र २०२१ मा प्लेअफमा पुगेको थियो । सन् २०२० को फाइनलमा क्लब मुम्बइ इन्डियन्ससँग पराजित भएको थियो ।

आइपीएल २०२४ मा दिल्ली छैटौं स्थानमा रह्यो ।

भारतीय सञ्‍चार माध्यमका अनुसार क्लबले हालका खेल निर्देशक सौरभ गांगुलीलाई मुख्य प्रशिक्षक बनाउने तयारी गरेको छ ।

हाल अन्य कोचिङ स्टाफमा भने परिवर्तन भएको छैन । सहायक प्रशिक्षक प्रवीण आमरे र बलिङ कोच जेम्स होप्स र फिल्डिङ प्रशिक्षक बिजु जर्ज रहेका छन् ।

रिकी पोन्टिङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय