
३० असार, काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सुविधा थैली अन्तर्गतका सेवा सुविधाको परिमार्जित दर रेट कार्यान्वयन गर्ने समय एक महिना पछि सारेको छ ।
बोर्डले आइतबार सूचना प्रकाशित गर्दै परिमार्जित दर रेट १ भदौदेखि लागू हुने बताएको हो ।
बोर्डले यसअघि नयाँ दर रेट १ साउनदेखि लागू हुने भन्दै सूचना प्रकाशित गरेको थियो ।
सेवा प्रदायक सबै स्वास्थ्य संस्थाले नयाँ पद्धती लागू गर्न समग्र प्याकेजको अध्ययन र प्राविधिक तयारीका साथै व्यवस्थापन गर्न समय लाग्ने भन्दै लागू हुने समय सार्न आग्रह गरेको बोर्डले जनाएको छ ।
परिमार्जित दर रेटमा ओपीडी टिकट ५० रुपैयाँ तोकिएको छ । जनरल बेड चार्ज प्रतिदिन २५० राखिएको छ । सबैभन्दा बढी केही रोगको सर्जरीमा ७० हजार रुपैयाँसम्म शुल्क तोकिएको छ । स्वास्थ्य बीमामा १ हजार २९० प्रकारका औषधिको शुल्क तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4