+
+

बाँदर धपाउन गाउँपालिकाले किसानलाई दियो गुलेली र मट्यांग्रा

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ३० गते १८:५९

३० असार, पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले बाँदर लखेट्न किसानहरुलाई गुलेली र मट्यांग्रा वितरण गरेको छ ।

पछिल्लो समय बादँर, सुंगासहितका जंगली जनावरले अन्नबालीमा हानी पुर्‍याएपछि नियन्त्रणका लागि गुलेली र मट्यांग्रा वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

अहिले स्याहार गर्ने बेलाको मकैबारीमा सबैभन्दा धेरै बाँदर र सुगाले हैरान पारेको गुनासो आएपछि वडा नं. २ र ३ का किसानलाई गुलेली र मट्यांग्रा वितरण गरिएको गाउँपालिका अध्यक्ष रूक्मांगत भट्टराईले बताए ।

ग्रामीण क्षेत्रमा जनसंख्या घट्दै जाँदा जंगलको क्षेत्र विस्तार भएको छ । जसले गर्दा बाँदर र अन्य जंगली जनावरले किसानलाई हैरान पारेका छन् । गाउँपालिकाले पहिलो चरणमा वडा नं ३ का ३० र वडा नं २ का २५ घर किसान परिवारलाई गुलेली र मट्यांग्रा वितरण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?