+

युवा तथा खेलकुद मन्त्रालयलाई हेर्ने नजर बदलेँ : मन्त्री श्रेष्ठ

२०८१ असार  ३० गते १९:१३ २०८१ असार ३० गते १९:१३
युवा तथा खेलकुद मन्त्रालयलाई हेर्ने नजर बदलेँ : मन्त्री श्रेष्ठ

३० असार, काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुद मन्त्रालयलाई हेर्ने नजर फेरिएको बताएका छन् ।

चार महिना मन्त्रालय सम्हालेपछि आइतबार बिदाइ हुँदै उनले भने, ‘सुरुमा आउँदा केही नभएको जस्तो गरी हेरिन्थ्यो । अहिले मैले सुनेको दुवै (कांग्रेस–एमाले) राजनीतिक पार्टीमा युवा तथा खेलकुद मन्त्रालय लिन चाहेको भन्ने कुरा सुनेको छु ।’

मन्त्री श्रेष्ठले आफूले कुनै पनि काम चर्चाका लागि मात्र नगरेको भन्दै केही नीतिगत सुधारका काम गरेको बताए । ‘मैले स्टण्डको राजनीति गरिन । नीतिगत कुराहरु हाम्रो उपलब्धि हो’, उनले भने ।

खेलकुद मन्त्रालय छाड्दा आफू दुःखी नभएको भन्दै मन्त्री श्रेष्ठले अब प्रतिपक्षको जिम्मेवारीका लागि उत्साहित भएको बताए । ‘यहाँबाट दुःखी भएर जाने कि अर्को जिम्मेवारीको लागि उत्साहित भएर जाने भन्ने हो । म चाहिँ अर्को जिम्मेवारीका लागि निकै उत्साहित भएर जाँदैछु’, उनले भने ।

आगामी दिनमा खेलकुद मन्त्रालयमा हुने गलत कामका विरुद्ध आफूले आवाज उठाउने उनले बताए ।

मन्त्री श्रेष्ठले आफ्नो १२९ दिनको कार्यकालमा भएका नराम्रा र अपुरा काम तथा त्रुटिको जिम्मा आफैंले लिने बताए । उनले आगामी दिनमा राजनीतिक नेतृत्वलाई सहयोग गर्न कर्मचारीलाई आग्रह गरे ।

‘भोलि जोसुकै मन्त्री आए पनि हाम्रो शाखा, महाशाखाहरुमा राम्रोसँग काम गरिदिनुस् । खेलकुद नीतिको कुराहरु अघि बढेको छ । यो हामीले गरेको उपलब्धि हो’, उनले भने ।

विराजभक्त श्रेष्ठ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय