+
+

गोरखामा माछापोखरीमा डुबेर एक किशोरको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ३० गते १९:३७

३० असार, गोरखा । पालुङटार नगरपालिका–६ कालामाटामा रहेको माछापोखरीमा डुवेर एक किशोरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही स्थानका १७ बर्षीय विपिन नेपाली रहेको प्रहरीले जनाएको छ । आइतबार साथीहरुसँग पोखरीमा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले बताए ।

‘उनी र उनका चार जना साथी मिलेर पौडी खेल्न गएछन्’, उनले भने, ‘त्यही क्रममा डुबेर नेपालीको मृत्यु भएछ ।’ नेपालीको शव पोष्टमार्टमका लागि गोरखा अस्पताल ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?