+
+

दरबार हाइस्कुलको संस्कृत माविमा राष्ट्रसंघको बैठक अभ्यास

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ३० गते १९:५०

३० असार, काठमाडौं । दरबार हाइस्कुल संस्कृत माविमा ‘संस्कृत मोडल युनाइटेड नेसन्स’ आइतबार सुरु भएको छ ।

तीन दिनसम्म चल्ने कार्यक्रममा संयुक्त राष्ट्र संघको विश्व स्वास्थ्य संगठन, युएन वुमनलगायत ६ वटा अंगहरुले गर्ने छलफल तथा बैठकको अभ्यास हुनेछ ।

विद्यार्थीहरुले वर्तमान समस्याहरुको विषयमा छलफल गर्ने र कसरी समाधान गर्ने भन्ने निचोडसहित घोषणा पत्र तयार गर्नेछन् ।

विद्यालयका सहायक प्रधानाध्यापक निश्चल अधिकारी यो कार्यक्रमले विद्यार्थीहरुमा नेतृत्व विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने दाबी गर्छन् ।

उनी भन्छन्, ‘यो कार्यक्रमले संयुक्त राष्ट्र संघ स्थापनाको महत्व, त्यसको अंग र त्यसले गर्ने छलफल, निकाल्ने निचोड कस्तो हुन्छ भनेर जान्नेछन् यसले उनीहरुलाई ज्ञान मात्रै नभएर आत्मविश्वास बढाउँछ ।’

संयुक्त राष्ट्रसंघका महासचिवको भूमिका निर्वाह गरिरहेका संस्कृत माविका १० कक्षाका छात्रा सौरल सापकोटा यो कार्यक्रमबाट विद्यार्थीले कुटनीति सिक्ने बताए । ‘यसले हामी विद्यार्थीको क्षमता पनि देखिन्छ र डिप्लोमेसी सिक्न सिकाउनका लागि गरिएको कार्यक्रम हो’, उनले भने ।

दरबार हाइस्कुल संस्कृत माविमा भइरहेको कार्यक्रमको उद्घाटन पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गरेका थिए । मकार्यक्रममा २५ वटा विद्यालयका दुई सय विद्यार्थी सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?