+
+

पूर्वराष्ट्रपति भण्डारी निवासमा प्रधानमन्त्री ओली

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ३० गते २०:५२

३० असार, काठमाडौं । । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली पूर्वराष्ट्रपति विद्या भण्डारी निवास चपली पुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट आइतबार अपराह्न प्रधानमन्त्री नियुक्त ओली पूर्वराष्ट्रपति भण्डारी भेट्न चपली पुगेका हुन् ।

प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यका अनुसार प्रधानमन्त्री ओलीसहित चपलीमा एमालेका प्रदेश तथा जिल्ला तहका केही नेता सामेल छन् ।

भण्डारीले ओलीलाई प्रधानमन्त्री नियुक्त भएकामा बधाई दिएकी छन् ।

‘खासमा पूर्वनिर्धारित सेड्युलमा आउनुभएको हो,’ बज्राचार्यले भने, ‘सन्दर्भ यस्तो पर्‍योजस्तो देखिन गएको हो ।’

भण्डारी फेरि राजनीतिमा आउने चर्चाबीच यी दुई पूर्वसहकर्मीको भेट भएको हो ।

ओलीले सोमबार राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ लिनेछन् । सोमबारै करिब पूर्ण आकारको क्याबिनेट बनाउने तयारी रहेको एमाले स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?