+

यु-१८ लिगमा खुमलटारको विजयी सुरुवात

२०८१ असार  ३० गते २०:१० २०८१ असार ३० गते २०:१०
यु-१८ लिगमा खुमलटारको विजयी सुरुवात

३० असार, काठमाडौं । खुमलटार फुटबल क्लबले ललित स्मृति यू-१८ युथ लिगमा विजयी सुरुआत गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको दोस्रो खेलमा खुमलटारले छिमेकी सातदोबाटो युथ क्लबलाई २–० गोलले पराजित गरेको हो। खुमलटारका लागि कप्तान एलिक श्रेष्ठ र जंगे रायमाझीले गोल गरे।

कप्तान एलिकले १९औं मिनेटमा गोल गर्दै खुमलटारलाई अग्रता दिलाएका थिए । यस्तै जंगेले पहिलो हाफको अन्तिम समयमा गोल गरेका थिए ।

आइतबारै भएको उद्घाटन खेलमा न्युरोड टिम (एनआरटी) ले चर्च ब्वाइज युनाइटेडलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले पहिलो पटक आयोजना गरिरहेको यू-१८ युथ लिगमा १२ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

लिगमा सोमबार पनि दुई खेल हुनेछ । एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा नेपाल पुलिस क्लब र थ्री स्टार क्लब तथा दोस्रो खेलमा जावलाखेल युथ क्लब र एपीएफ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

फुटबल ललित स्मृति यु-१८ युथ लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय