+
+

‘घरज्वाइँ’को दुई दिने ब्यापारबारे के भन्छन् निर्माता ?

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ३० गते २०:३६

काठमाडौं । दयाहाङ राई र मिरुना मगर स्टारर सोसल-ड्रामा फिल्म ‘घरज्वाइँ’ले घरेलु बक्सअफिसमा सुखद ब्यापार गरेको छ । निर्माताले फिल्मको पहिलो सप्ताहन्त कलेक्सन सार्वजनिक गरेका छन् ।

निर्माता जनक घर्तीका अनुसार फिल्मले शुक्रबार र शनिबार घरेलु बक्सअफिसमा डेढकरोड ग्रस कमाई गरेको छ । शुक्रबार अपरान्हपछि फिल्मको अकुपेन्सीमा वृद्धि देखियो । शनिबार देशब्यापी अकुपेन्सी सन्तोषजनक थियो ।

मनसुन यामको बाबजुद पनि फिल्मले बक्सअफिसमा सुखद प्रदर्शन गर्न सकेको हो । सप्ताहन्तको तुलनामा आइतबार फिल्मको अकुपेन्सीमा कमी देखिएपनि दोस्रो सप्ताहन्त फिल्म लयमा फर्कने आशा लिइएको छ ।

‘बर्खामा फिल्म चल्दैन भनेर निर्माता असार, साउनमा रिलिजका लागि डराइरहेको पाइन्थ्यो । राम्रो फिल्म जुनसुकै समयमा पनि चल्दोरहेछ भन्ने घरज्वाइँले प्रमाणित गरेको छ,’ निर्माता घर्तीले भने ।

अनिल बुढाको पहिलो निर्देशकीय फिचरले मगर समुदायमा विद्यमान घरज्वाइँ परम्पराको कथा पेश गर्छ । फिल्मलाई ‘रोल्पा रोग’ डेब्यु एक्टर समेत रहेका घर्तीले निर्माण गरेका हुन् । उनको यो पहिलो भेन्चर हो ।

फिल्ममा दयाहाङ र मिरुनासहित बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले लगायतको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?