+
+

बिपिन कार्की स्टारर ‘तेल भिसा’को प्रदर्शन मिति तय

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ३० गते २१:२३

काठमाडौं । बिपिन कार्की स्टारर फिल्म ‘तेल भिसा’को प्रदर्शन मिति तय भएको छ । निर्माताले आइतबार बेलुका फस्टलुक पोस्टर सार्वजनिक गर्दै मंसिर ७ गते रिलिज हुने घोषणा गरेका हुन् ।

पहिलो चरणको छायांकन अमेरिकामा भएको थियो । सोमबारदेखि नेपालमा दोस्रो चरणको सुटिङ सुरु हुनुअघि प्रदर्शन मिति तय गरिएको हो ।

सिनेमाको सार्वजनिक पोस्टरमा अभिनेता विपिन कार्कीलाई दोहोरो भूमिकामा प्रस्तुत गरिएको छ । उनलाई जवान र वृद्ध गरी दुई फरक चरित्रमा चित्रण गरिएको छ ।

पोस्टरमा अभिनेत्री वर्षा राउत, ऋचा घिमिरे र पुजा लामासहित अमेरिकी कलाकार छन् । उपयुक्त मिति लागेर नै यो मितिमा प्रदर्शन घोषणा गरिएको निर्देशक शंकर घिमिरे बताउँछन् ।

बुद्धि तामाङ पनि शीर्ष भूमिकामा छन् । वेलडन क्रियसनको व्यानरमा ऋचा घिमिरेको प्रस्तुति रहेको फिल्ममा अनिश पाण्डे र शिवराज कार्कीको लगानी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?