+

जोकोभिचलाई हराउँदै अल्काराजले जिते विम्बलडनको उपाधि

२०८१ असार  ३० गते २२:२७ २०८१ असार ३० गते २२:२७
जोकोभिचलाई हराउँदै अल्काराजले जिते विम्बलडनको उपाधि

काठमाडौं । नोभाक जोकोभिचलाई सोझो सेटमा हराउँदै कार्लोस अल्काराजले विम्बलडन ओपनको उपाधि जितेमा छन् ।

अल्कारेजले आईतबार भएको फाईनलमा जोकोभिचलाई ६-२, ६-२, ७-६ (७-४) ले पराजित गर्दै लगातार दोस्रो पटक विम्बलडन जितेका हुन् ।

२१ वर्षिय स्पानिस स्टार अल्काराजको यो चौथो ग्राण्डस्लाम टेनिस उपाधि हो ।

जोकोभिचलाई हराएपछि अल्काराज उत्साहित हुँदै आफ्नो कोच, परिवार र साथीसँग खुशी मनाउन प्लेअर बक्समा पुगेका थिए ।

कीर्तिमान २४ पटकका ग्राण्डस्लाम विजेता जोकोभिचले रोजर फेडेररले जितेको आठ विम्बलडनको बराबरी गर्ने प्रयास गरेपनि सफल भएनन् ।

विम्बलडन ओपन टेनिस
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय