+

रोड्री बने युरोका उत्कृष्ट खेलाडी

२०८१ असार  ३१ गते ३:३८ २०८१ असार ३१ गते ३:३८
रोड्री बने युरोका उत्कृष्ट खेलाडी

३१ असार, काठमाडौं । च्याम्पियन स्पेनका मिडफिल्डर रोड्री युरो २०२४ को उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

स्पेनलाई कीर्तिमानी चौथो पटक युरो उपाधि दिलाउनका लागि मिडफिल्डमा उत्कृष्ट प्रदर्शन गरेका रोड्रीले उत्कृष्ट खेलाडीलाई प्रदान गरिने अवार्ड जितेका हुन् ।

बर्लिनको ओलम्पिक स्टेडियममा भएको फाइनलमा इंग्ल्याण्डलाई २-१ ले पराजित गर्दै स्पेन च्याम्पियन बनेको हो । स्पेनले युरो २०२४ को सबै ७ खेल जित्दा रोड्रीको प्रदर्शन प्रेरणादायी रह्यो ।

उनले प्रतियोगिताभर १ गोल समेत गरेका थिए ।

रोड्रीले कूल ५२१ मिनेट खेलेका थिए । जसमा उनले ४३९ पासको अटेम्पको गर्दा ४११ पास कम्प्लिट गरेका थिए ।

रोड्रीले प्रतियोगितामा ७ मध्ये ६ खेलमा पहिलो रोजाईँमा खेलेका थिए । उनले फाबियन रुइजसँग सेन्टर मिडफिल्डको जोडी बनाएर खेलेका थिए । म्यानचेष्टर सिटीबाट व्यावसायिक फुटबल खेल्ने रोड्रीले अन्तिम १६ मा जर्जियालाई ४-१ ले पराजित गर्दा १ गोल गरेका थिए ।

युइएफएको टेक्निकल अवजर्भर्स टिमले प्रतियोगिताको उत्कृष्ट खेलाडी छनोट गर्देछ ।

सन् १९९६ बाट प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई अवार्ड प्रदान गर्दै आएको छ ।

 

यी हुन् अहिलेसम्मको उत्कृष्ट खेलाडीहरु

१९९६ : माथिएस सामर जर्मनी

२००० : जिनेदिन जिदान फ्रान्स

२००४ : थिओडोरोस जागोराकिस ग्रीस

२००८ : जाभी हर्नान्डेज स्पेन

२०२१२ : आन्द्रेस इनेष्टा स्पेन

२०१६ : एन्टोनइन ग्रीजमा फ्रान्स

२०२० : जियानजुइजी डोनारुम्मबा इटली

युरो २०२४ बेस्ट प्लेअर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय