+
+

प्रकाशमानलाई सहरी विकास, जलस्रोतमा दिपक खड्का

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ३१ गते ९:४२

३१ असार, काठमाडौं । नेपाली कांग्रेसले मन्त्रीहरुको नाम टुंगो लगाएको छ । सभापति शेरबहादुर देउवाले सोमबार विहान आफ्नो निकट नेताहरुसँग छलफल गरेपछि मन्त्रीहरुको अन्तिम सूची तयार पारेका हुन् ।

स्रोतका अनुसार पूर्व महामन्त्री प्रकाशमान सिंहले सरकारमा कांग्रेसको नेतृत्व गर्नेछन् । उनलाई सहरी विकास मान्त्रालयको जिम्मेवारी दिइने भएको छ ।

कांग्रेसबाट रमेश लेखक गृहमन्त्री हुने छन् । आरजु देउवा राणा परराष्ट्रमन्त्री हुनेछिन् ।

यस्तै अजय चौरसिया कानुन, न्याय तथा संसदीय मामिला मन्त्री हुनेछन् ।

दिपक खड्कालाई जलस्रोत तथा ऊर्जा र ऐनबहादुर शाही वन मन्त्री बन्ने छन् ।

शेखर–गगन समूहलाई स्वास्थ्य तथा जनसंख्या, युवा तथा खेलकुद, पर्यटन र कृषि मन्त्रालय दिइएको छ ।

तेजुलाल चौधरीको पनि नाम टुंगो लागेको छ । उनले स्वास्थ्य तथा जनसंख्यामा दाबी गरेका छन् ।

बाँकी तीन मन्त्रीमा सहमहामन्त्री जीवन परियार, सांसदहरु प्रदीप पौडेल, हृदयराम थानी र रामनाथ अधिकारी मध्ये ककसलाई पठाउने भन्ने टुंगो लगाउन शेखर कोइरालाले उपसभापति धनराज गुरुङ र महामन्त्री थापासँग परामर्श गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?