+

जेम्स रोड्रिग्वेज बने कोपा अमेरिकाको उत्कृष्ट खेलाडी

२०८१ असार  ३१ गते ११:१० २०८१ असार ३१ गते ११:१०
जेम्स रोड्रिग्वेज बने कोपा अमेरिकाको उत्कृष्ट खेलाडी

३१ असार, काठमाडौं । कोलम्बियाका मिडफिल्डर जेम्स रोड्रिग्वेज कोपा अमेरिका २०२४ को उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

फाइनलमा कोलम्बिया अर्जेन्टिनासँग अतिरिक्त समयमा १-० ले पराजित भएपछि रोड्रिग्वेजले उत्कृष्ट खेलाडीको अवार्ड प्राप्त गरेका हुन् ।

उनले कोलम्बियालाई फाइनलसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वह गरेका थिए । यस संस्करणमा १ गोल मात्र गरेका उनले एकै संस्करणमा सर्वाधिक ६ असिस्ट गर्ने कीर्तिमान बनाए । यसअघि अर्जेन्टिनाका लिओनल मेसीले एकै संस्करणमा ५ असिस्ट गर्ने कीर्तिमान राखेका थिए ।

गोल्डेन बुट अवार्ड सन् १९८७ देखि दिन थालिएको हो । रोड्रिग्वेज गोल्डेन बल अवार्ड जित्ने दोस्रो कोलम्बियन खेलाडी हुन् । यसअघि सन् १९८७ मै कोलम्बियाका कार्लोस भाल्डेरामाले गोल्डेन बल अवार्ड जितेका थिए ।

यसअघि सन् २०२१ मा अर्जेन्टिनाका लिओनल मेसी र ब्राजिलका नेमारले संयुक्त रुपमा यो अवार्ड जितेका थिए । मेसीले सन् २०१५ मा पनि गोल्डेन बल अवार्ड जितेका थिए ।

सन् २०१४ मा ब्राजिलमा भएको फिफा विश्वकपमा सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट अवार्ड जितेपछि चर्चा आएका रोड्रिग्वेज रियल मड्रिडमा अनुभव भएपनि सोचे जस्तो प्रदर्शन गर्न सकेनन् । त्यसपछि उनले स्वभाविक प्रदर्शन गर्न नसकेपछि यस पटक कोपामा भने लयमा देखिएका थिए ।

कोपा अमेरिका जेम्स रोड्रिग्वेज
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय