+
+

कालीकोटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, २ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ३१ गते ११:३७

३१ असार, सुर्खेत । कालीकोटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अरु दुई जना घाइते भएका छन् ।

आइतबार बेलुका कालीकोटको रास्कोट नगरपालिका–५, आरसिपी बजार नजिकै फुकोटतर्फ जाँदै गरेको भे२त २६१२ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा चालक चिङ्गाड गाउँपालिका सुर्खेतका २७ वर्षीय वीर परियार रहका छन् ।

दुर्घटनामा चालकसहित तीन जना व्यक्ति घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाँउ लगिएकोमा चालक परियारको सोमबार बिहान मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रहरीका अनुसार घाइते हुनेमा कालीकोट रास्कोट नगरपालिका-५ का २२ वर्षीय प्रकाश तिरुवा र २२ वर्षीय नम सार्की रहेका छन् । उनीहरूको प्रदेश अस्पतालमै उपचार भइरहेको छ ।

ट्याक्टर सडकदेखि अन्दाजी एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?