+
+

नवगठित सरकारमा पर्साबाटै तीन जना मन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ३१ गते १२:३४

३१ असार, काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा पर्साबाटै तीन जना मन्त्री बनेका छन् ।

पर्सा–१ बाट जितेका प्रदीप यादव, २ बाट जितेका अजयकुमार चौरसिया र ३ बाट जितेका राजकुमार गुप्ता मन्त्री बनेका हुन् । यादवलाई जनता समाजवादी पार्टी (जसपा), चौरसियालाई नेपाली कांग्रेस र गुप्तालाई नेकपा एमालेले मन्त्री बनाएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिरिषद्मा यादव खानेपानी तथा सरसफाई, चौरसिया कानून, न्याय तथा संसदीय मामिला र गुप्ता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका छन् ।

पर्सा–४ बाट निर्वाजित रमेश रिजाल यही संसदीय कार्यकालमै मन्त्री भइसकेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदमा रिजाल उद्योग, बाणिज्य तथा आपूर्ती मन्त्री थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?