+

मार्टिनेजले जिते कोपा गोल्डेन ग्लोभ्स अवार्ड

२०८१ असार  ३१ गते १२:४० २०८१ असार ३१ गते १२:४०
मार्टिनेजले जिते कोपा गोल्डेन ग्लोभ्स अवार्ड

३१ असार, काठमाडौं । अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजले कोपा अमेरिका २०२४ को ‘गोल्डेन ग्लोभ्स’ अवार्ड जितेका छन् ।

अर्जेन्टिनालाई कीर्तिमानी १६औं पटक कोपा अमेरिकाको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका मार्टिनेजले प्रतियोगिताकै उत्कृष्ट गोलकिपर बनेका हुन् । उनले प्रतियोगिमा ६ खेलमा जम्मा १ गोल मात्र खाए ।

अर्जेन्टिनालाई अपराजित रहँदै उपाधि जित्दा ६ खेल जितेको थियो । जसमा गोलकिपर मार्टिनेजले पाँच खेलमा कुनै गोल नखाई क्लिनसिट राखेका थिए । अर्जेन्टिनाले समूह चरणमा क्यानडालाई २-० ले, चिलीलाई १-० ले र पेरुलाई २-० ले पराजित गरेको थियो । यस्तै सेमिफाइनलमा क्यानडालाई नै २-० ले हराएको अर्जेन्टिनाले फाइनलमा कोलम्बियालाई १-० ले हराउँदा मार्टिनेजले क्लिनसिट राखे ।

क्याटरफाइनलमा इक्वेडर विरुद्धको खेलमा मात्र मार्टिनेजले एक गोल बेहोरेका थिए । उक्त खेलको निर्धारित ९० मिनेट १-१ को बराबरीमा सकिएपछि पेनाल्टीसुटआउटमा पनि मार्टिनेजले उत्कृष्ट प्रदर्शन गर्दै दुई बचाउ गरेका थिए ।

मार्टिनेजले अर्जेन्टिनाका लागि अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनले रअजेन्टिनाबाट २०२१ र२०२४ को कोपा अमेरिका साथै २०२२ मा फिफा विश्वकप उपाधि जितेका छन् । उनले तीद्दवटै मुख्य प्रतियोगितामा उत्कृष्ट गोलकिपर बन्दै गोल्डेन ग्लोभ्स अवार्ड जितेका थिए ।

हाल प्रिमियर लिग क्लब एस्टन भिल्लाबाट खेल्ने गोलकिपर मार्टिनेजले अर्जेन्टिनाका लागि ४५ खेल खेल्दा ३२ खेलमा क्लिनसिट राखेका छन् । जसमा उनले जम्मा १७ गोल बेहोरेका छन् भने ७५ सेभ गरेका छन् । उनले ३४ खेल जित्दा ९ खेल बराबरी खेलेका छन् । जम्मा दुई खेलमा मात्र पराजय बेहोरेका छन् ।

इमिलियानो मार्टिनेज कोपा अमेरिका
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय