+
+

जुवातास खेल्दाखेल्दै ललितपुरबाट ५ जना पक्राउ, १ लाख ८५ हजार बरामद

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ३१ गते १३:१५

३१ असार, काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–१ इमाडोलस्थित रातामकै चोकबाट जुवातास खेलेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा २५ वर्षीय साजन गिरी, ३३ वर्षीय तस्वीर श्रेष्ठ, ३५ वर्षीय खेमबहादुर बुढाथोकी, ३७ वर्षीय निल श्रेष्ठ र ३५ वर्षीय याङ्वा शेर्पा छन् । उनीहरु सबै जना इमाडोलका रहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए ।

उनीहरुलाई आइतबार राति ७ बजे रातामकै चोकको मामा भाञ्जा खाजा घरबाट प्रहरीले पक्राउ गरेको हो । उनीहरुबाट १ लाख ८५ हजार १६० रुपैयाँ बरामद भएको छ । पक्राउ परेकाहरुलाई जुवा खेल्न वा खेलाउन नहुने कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?