+
+

नयाँ अर्थमन्त्री आएकै दिन घट्यो सेयर बजार, पौने ९ अर्बको कारोबार

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ३१ गते १५:१७

३१ असार, काठमाडौं । नयाँ अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त भएकै दिन सेयर बजार भने १७.१८ अंक घटेको छ । सो अंकको गिरावटसँगै नेप्से परिसूचक २२४० अंकमा कायम भएको छ । अघिल्ला दिनहरुमा उच्च दरले बजार बढेकाले सोमबार लगानीकर्ता नाफा बुक गर्नतिर लागेपछि बजार झरेको हो ।

बजार घट्दा कारोबार रकम भने उच्च छ । अघिल्लो दिन ७ अर्ब ६२ करोडको कारोबार भएकोमा आज ८ अर्ब ७३ करोडको भयो । कुल ५६ कम्पनीको मूल्य बढ्दा १८४ को घट्यो भने २ को स्थिर रह्यो । लगानी समूह सबैभन्दा धेरै १.७ प्रतिशत बढ्यो भेन विकास बैंक समूह १.८९ प्रतिशत घट्यो ।

बैंकिङ १८, विकास बैंक ८५, फाइनान्स १३, होटल तथा पर्यटन १००, जीवन बीमा १८१, माइक्रोफाइनान्स ६९, निर्जीवन बीमा १०२, अन्य २० र व्यापार समूह १६ अंक घटे । हाइड्रोपावर २०, लगानी १.४, उत्पादन ८ अंक बढे ।

माण्डु हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । निफ्राको ७, दोल्ती पावरको ६.९, गुहेश्वरी फाइनान्सको ६.३, माइखोला हाइड्रोपावरको ५.६, युनिलिभरको ५.३, ग्रिन भेन्चरको ४ प्रतिशत मूल्य बढ्यो ।

जानाकी फाइनान्सको मूल्य १० प्रतिशत घट्यो । सामलिङ पावरको ४.१, नेपाल वेयरहाउजिङको ४.१, आशा लघुवित्तको ४ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा माथिल्लो तामाकोशी, निफ्रा, जानाकी फाइनान्स, ङादी ग्रुप र सीईडीबी हाइड्रोपावर क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?