
३१ असार, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक दुर्घटना कम गर्न नीति बनाउने बताएका छन् ।
सोमबार पदभार ग्रहण गर्दै उनले दुर्घटना न्यनीकरण गर्न नीतिगत व्यवस्था गर्ने बताएका छन् ।
मन्त्रालयमा आफूले काम गर्दै सिक्ने भन्दै उनले समस्या धेरै रहेको बताए । ‘विकास निर्माणका काम ठप्प भएका छन्, ती आयोजनाको अवस्था मसिनो गरी हेर्नेछौं, ठेकेदारको भुक्तानीमा पनि हेर्नेछौं’ उनले भने ।
मन्त्री दाहालले सार्वजनिक खरिद ऐन संशोधन गर्ने र क्यालेन्डर बनाएर काम गर्ने पनि बताए । ‘विकासलाई तिब्रता दिन हाम्रो मन्त्रालयको जिम्मेवारी ठूलो छ’, उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4