+
+

आन्दोलनरत कर्मचारीको कुरा सुनेर क्यान्टिनतिर लागे कृषिमन्त्री

पदभार ग्रहणमा ढिलाइ

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ३१ गते १५:३०

३१ असार, काठमाडौं । नवनियुक्त कृषिमन्त्री रामनाथ अधिकारीले कर्मचारीको धर्नाका कारण पदभार ग्रहण कार्यक्रमलाई पछि सारेका छन् ।

शपथ ग्रहणपछि मन्त्रालय पुगेका मन्त्री अधिकारीले विभिन्न माग राखी धर्नामा बसेका कर्मचारीको कुरा सुनेर बाहिरिए । मन्त्रालयबाट बाहिरिएपछि उनी क्यान्टिनमा गएर बसे ।

कर्मचारीहरूसँग उनले भने, ‘२/४ दिनको समय दिनुस् समस्या समाधानको पहल गर्छु ।’

अधिकांश मन्त्रीले पदभार ग्रहण गरिसकेका छन् । कृषिमन्त्री अधिकारीले भने मन्त्रिपरिषदको बैठकपछि अपराह्न ४ बजेपछि पदभार ग्रहण गर्ने बताएका छन् ।

कर्मचारीहरूले संघमा समायोजन भएका कृषि सेवाअन्तर्गत कृषितर्फका पुल दरबन्दीमा रहेका ३२८ जना समेतको स्थायी दरबन्दी कायम गरी रिक्त पदमा नियमित पदपूर्ति हुने व्यवस्था गर्नुपर्ने माग राखेका छन् ।

त्यस्तै संघमा समायोजन भएका कृषि सेवाअन्तर्गत कृषितर्फका प्राविधिक कर्मचारीहरूको न्यायोचित वृत्ति विकास सुनिश्चित हुनुपर्ने, कृषितर्फका समूहको हकमा सर्वोच्च अदालतबाट रिक्त रहेको पदमा पदपूिर्त हुनुपर्ने परमादेश कार्यान्वयन हुनुपर्ने माग राखेका छन् ।

त्यस्तै संविधान र कार्यविस्तृतीकरण प्रतिवेदनमा उल्लेख भएअनुसार संघीय निकायको कार्यविवरणको आधारमा उपयुक्त संगठनात्मक संरचना निर्माण गर्नुपर्ने माग राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?