+
+

भौतिक मन्त्रीको पहिलो निर्णय : राष्ट्रिय यातायात नीति मन्त्रिपरिषद् पठाउने

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ३१ गते १७:०५

३१ असार, काठमाडौं । नवनियुक्त भौतिक, पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले राष्ट्रिय यातायात नीति मन्त्रिपरिषद्‌मा पठाउने निर्णय गरेका छन् ।

सोमबार मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले पहिलो निर्णयका रुपमा उक्त नीति स्वीकृतिका लागि मन्त्रिपरिषद्‌मा लैजाने निर्णय हस्ताक्षर गरेका हुन् ।

उनले भौतिक मन्त्रालयको कामले मुलुकको समृद्धिको नेतृत्व गर्ने भन्दै सोही अनुसार काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । विकास निर्माणको काम ठप्प भएको भन्दै उनले काम छिटो सम्पन्न गर्ने विषय आफ्नो प्राथमिकतामा हुने बताए । उनले विकास निर्माणका काममा क्यालेन्डर बनाएर काम गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?