+
+

राष्ट्रसंघीय मुख्यालय न्युयोर्कमा मिथिला चित्रकला प्रदर्शनी

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ३१ गते १७:३०

काठमाडौं । संयुक्त राष्ट्र संघको मुख्यालय न्युयोर्कमा यतिबेला नेपाली मिथिला चित्रकलाको प्रदर्शनी भइरहेको छ । गत सातादेखि सुरु भएको प्रदर्शनी आगामी बुधबारसम्म चल्नेछ ।

‘राष्ट्र संघको दिगो विकास लक्ष्यका लागि मिथिला हेरिटेज’ नारासाथ सुरु प्रदर्शनीको शुभारम्भ राष्ट्रसंघीय महासभाको ७८ औं सत्रका अध्यक्ष डेनिस फ्रान्सिसले गरेका थिए ।

मिथिला सेन्टर अमेरिका, नेपाली स्थायी नियोग र नेपाली महावाणिज्य दूतावास न्युयोर्कको संयुक्त आयोजनामा प्रदर्शनको आयोजना गरिएको हो । दिगो विकास लक्ष्यको उच्चस्तरीय सम्मेलनलाई लक्षित गरी प्रदर्शनी आयोजना गरिएको जनाइएको छ ।

प्रदर्शनी उदघाटन समारोहमा बोल्दै राष्ट्रसंघका लागि नेपाली राजदूत लोकबहादुर थापाले मिथिला चित्रकलाले जलवायु परिवर्तनले पारेको प्रभावलाई सांकेतिक रुपमा सन्देश दिएको र यसलाई गम्भीर रुपमा लिनुपर्ने बताए ।

मिथिला कलाकार प्रतीक रायमाझीले मिथिला कला प्रकृतिसँग जोडिएको र यसले पारेको प्रभाव चित्रकलाबाट प्रस्तुत गरिएको बताए । प्रदर्शनीमा एसके सुमन, प्रतीक रायमाझी, नुपुर निसिथ, शैली झा, शिवांगी सिंह, मनिषा साह, सेलो यादव, सुधीरा कर्ण, कोमल पुर्वे, निर्मला राम, मञ्जुला ठाकुर, सेब्ती मण्डल र अमृता दत्तको मिथिला कला राखिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?