+
+

प्रधानमन्त्री ओलीको शपथमा पुगे राजेश हमाल, दिनेश डीसीदेखि श्रृंखलासम्म

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ३१ गते १७:४७

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिए । शपथ समारोहमा ओलीलाई बधाई दिन राजनीतिज्ञ, व्यवसायी, कलाकारदेखि विभिन्न पेशा व्यवसायका व्यक्तिको उपस्थिति रह्यो ।

जसमध्ये निम्तो दिइएका केही कलाकार पनि शपथ ग्रहण समारोहमा उपस्थित थिए । फिल्म अभिनेता राजेश हमाल, निर्देशक तथा सञ्चारकर्मी दिनेश डीसी, गायिका इन्दिरा जोशी, गायक शिशिर योगी, पूर्वमिस नेपाल श्रृंखला खतिवडा, गायिका कोमल ओली, मोडल एलिजा गौतम, रेडियो प्रस्तोता सञ्जय गुप्ता र चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामी पनि शपथ ग्रहण समारोहमा देखिए ।

अभिनेता हमाल दौरा, सुरुवाल र कोटमा उपस्थित थिए । यसअघि ओली प्रधानमन्त्री हुँदा हमाल उनीसँगै भारत भ्रमणमा समेत गएका थिए । फिल्म निर्देशक तथा सञ्चारकर्मी डीसीले मञ्चमै पुगेर ओलीलाई बधाई दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?