+
+

बागमतीमा नुहाउन गएका एक बालक बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ३१ गते १७:४८

३१ असार, रौतहट । रौतहटको गढीमाई नगरपालिका लक्ष्मीपुरघाटस्थित बागमती नदीमा नुहाउन गएका एक बालक बेपत्ता भएका छन् ।

नुहाउन गएका तीन जनामध्ये १० वर्षीय एक बालक बेपत्ता भएका हुन् । आफूसँगै गएको साथी डुबेको ती दुई बालकले परिवारलाई खबर गरेका थिए ।

खबर पाएलगत्तै बालकको खोजी गरिरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गणका उपरीक्षक विक्रम हुमागाईंले जानकारी दिए । बेपत्ता बालकको खोजीका लागि सशस्त्र प्रहरी निरीक्षक भुवन घिमिरेको कमान्डमा ३० जनाको टोली खटेको छ ।

पानीमा डुबेर बाहिर निस्किएका अर्का एक बालकको स्थानीय अस्पतालमा उपचार भइरहेको र उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?