+
+

सरकार बनेर मात्रै हुँदैन, जनताको समस्या बुझ्नुपर्छ : सांसद राणा

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ३१ गते १८:५८

३१ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवलशमशेर राणाले सरकार बनेर मात्रै जनतालाई केही नहुने बताएका छन् ।

सोमबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद राणाले सरकारले जनताको समस्या बुझ्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘दुई ठूला पार्टी मिलेर सरकार बनेको छ । यो बनेर मात्रै केही हुँदैन । जनताका समस्या बुझ्नुपर्छ । यसको काम गर्ने तरिका हेरेर हामी समर्थन वा विरोध गर्नेछौं ।’

राप्रपा सांसद राणाले गुण वा दोषका आधारमा सरकारको समर्थन र विरोध गर्ने बताए । ‘नयाँ सरकारलाई शुभकामना छ । भ्रष्टाचारका फाइल खुलुन्, रोकिएका काम बनुन् । ठूला दलको सरकार छ । यो सरकारले काम गर्छ भन्ने विश्वास जनताले पाउन् ।’

राणाले सहकारी पीडित, उखु किसान पीडित लगायतको माग पनि सम्बोधन गर्न माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?