+
+

नारायणीमा थप ९ शव भेटिए

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ३१ गते २०:४१

३१ असार, चितवन । नारायणी नदीमा सोमबार थप ९ शव भएका छन् ।

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार सोमबार विनयी त्रिवेणीस्थित गण्डक ब्यारेजको पुल आसपास ६ वटा शव भेटिएका हुन् । त्यस्तै सुस्ता ४ मा एउटा, भरतपुर सिसुवारमा एउटा र मध्यविन्दु भुताहामा एउटा शव फेला परेको हो ।

आज भेटिएका ९ मध्ये एउटा शवको सनाखत भएको छ भने एउटाको पहिचान मात्रै भएको छ । सुदिप विकको शव उनका बुबाले सनाखत गरेका हुन् भने पहिचान भएको फिरोज राहुप मियाको परिवारले सनाखत गर्न बाँकी छ ।

उनीहरू दुवै शुक्रबार भएको सिमलताल बस दुर्घटनाका बेपत्ता भएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । अन्य पनि सोही दुर्घटनाका बेपत्ताहरू हुन सक्ने जनाइएको छ ।

सिमतालको पहिरोमा परी गत शुक्रबार दुईवटा बस त्रिशूली नदीमा बेपत्ता भएका थिए । जसमा ६५ यात्रु भएको पुष्टि भएको छ । हालसम्म १४ शव फेला परे पनि ७ वटाको मात्रै सनाखत भएको छ ।

बसमा रहेकामध्ये तीन जना पौडिएर बाहिर निस्किएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?