+
+

ह्वाट्सएपमा क्याप्सन सहितका तस्वीर कसरी पठाउने ?

एजेन्सी एजेन्सी
२०८१ साउन १ गते ८:५४

लोकप्रिय मेसेजिङ प्लाटफर्म ह्वाट्सएपले एन्ड्रोइड र आइओएस प्रयोगकर्ताहरुका लाग नयाँ अपडेट ल्याएको छ, जसमा प्रयोगकर्ताले क्याप्सन सहितका तस्वीर आदानप्रदान गर्न सक्दछन् ।

ह्वाट्सएपको यो अपडेट गुगल प्लेस्टोर तथा एप्पलको एप स्टोरबाट डाउनलोड गर्न सकिनेछ। यसका लागि देहायको विधि अबलम्बन गर्नुहोस् :

  • आफ्नो स्मार्टफोनमा रहेको ह्वाट्सएप अपडेट गर्नुहोस् र एप खोल्नुहोस्
  • क्याप्सनसहितको फोटो प्राप्त गरेको सम्बन्धित च्याटमा जानुहोस्
  • फोटोलाई सेलेक्ट गर्नका लागि लामो समयसम्म थिच्नुहोस् र forward बटनमा ट्याप गर्नुहोस्
  • अर्को स्क्रिनमा आफूले फोटो शेयर गर्न खोजेको व्यक्तिको कन्ट्याक्ट छान्नुहोस् । त्यहाँ फोटो र यसको क्याप्सन सहितको नयाँ सेक्सन पनि देखिनेछ।
  • क्याप्सन सहितको फोटो पठाउनका लागि Send बटन थिच्नुहोस् । यदि तपाईंले फोटोमा क्याप्सन संलग्न गर्न चाहनुहुन्न भने क्याप्सनको दायाँपट्टि रहेको ह् मा थिच्नुहोस् । तपाईंले X मा थिचेर आफ्नै क्याप्सन लेखेर पनि पठाउन सक्नुहुन्छ।

ह्वाट्सएपमा सुरु गरिएको यो नयाँ फिचर विस्तारै सबै प्रयोगकर्तालाई उपलब्ध गराउने मेटाले जनाएको छ ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?