+
+

गंगालाल अस्पतालमा १२ घण्टा शल्यक्रिया सेवा

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १ गते १२:३५

१ साउन, काठमाडौं । बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले आजदेखि १२ घन्टा शल्यक्रिया सेवा दिने भएको छ ।

अस्पतालमा शल्यक्रिया गर्नुपर्ने बिरामीको संख्या बढिरहेकाले समय बढाउनुपरेको अस्पतालले जनाएको छ ।

अस्पतालको कार्डियोभास्कुलर सर्जरी विभाग प्रमुख डा. रामेश कोइरालाका अनुसार साउन १ देखि बिहान ८ बजेबाट राति ८ बजेसम्म अपरेसन थिएटर सञ्चालन गर्ने निर्णय भएको हो ।

कार्डियोभास्कुलर सर्जरी विभागमा दिनानुदिन शल्यक्रिया गर्नुपर्ने बिरामीको चाप बढ्दै गइरहेको, बिहान ९ बजे सुरु गर्दा एउटा थियटरमा सरदर दुइटाभन्दा बढी शल्यक्रिया गर्न नसकिने भएकाले सेवा अवधि बढाउने निर्णय गरिएको उनको भनाइ छ ।

हाल अस्पतालमा सञ्चालित तीन वटा थियटरबाट दैनिक ६–७ वटा शल्यक्रिया हुँदै आएको छ ।

अपरेसन थिएटरमा बिहान ७ बजेदेखि राति ९ बजेसम्म नर्सिङ स्टाफ तथा अन्य सहयोगी कर्मचारीहरूको व्यवस्था गरिदिन साथै उनीहरूको यातायातको प्रबन्धसमेत मिलाइदिन अस्पतालले अनुरोध गरेको छ ।

अस्पतालले तीन वटा युनिट गठन गरेर अपरेशन र ओपीडी सेवा प्रवाह गर्ने भएको हो ।

युनिट १ मा डा. रविभक्त टिमिला (युनिट इन्चार्ज), डा. सिद्धार्थ प्रधान, डा. निर्मल पन्थी, डा. विशाल सिंह र डा. मारिशा अर्याल रहेका छन् ।

यस्तै युनिट २ मा डा. रामेश कोइराला (युनिट इन्चार्ज), डा. आभाष कार्की, डा. अपूर्व ठाकुर, डा. अल्का सिंह र डा. धर्मेन्द्र जोशी छन् ।

युनिट ३ मा डा. नविनचन्द्र गौतम (युनिट इन्चार्ज), डा. विश्व पोखरेल, डा. निवेश राजभण्डारी, डा. ऋचा जोशी र डा. निशेष बस्नेत छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?