+
+

रेखाले सामाजिक सञ्जालमा छोरीको अनुहार नदेखाउने

'सानैदेखि सेलिब्रेटी बन्ने दबाब दिनु गलत'

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १ गते १३:४२

काठमाडौं । अभिनेत्री तथा नेतृ रेखा थापाले पुत्रीलाभ गरेको चार महिना पुग्यो । अमेरिकाको कोलोराडोमा उनले छोरी वैभवीलाई जन्म दिएकी थिइन् । यतिबेला उनी काठमाडौंस्थित घरमा छोरीको स्याहारसुसारमा व्यस्त छिन् ।

प्रायः सेलिब्रेटी बच्चा जन्माउने बित्तिकै उनीहरुलाई सामाजिक सञ्जाल र मिडियामा एक्सपोज गर्न रुचाउँछन् । तर रेखाको धारणा यसको ठीक विपरीत छ । उनी यसलाई गलत बताउँछिन् ।

आफूले छोरी वैभवीको अनुहार सामाजिक सञ्जालमा सार्वजनिक नगर्ने रेखाको भनाइ छ । यसैसाताको एक टेलिभिजन अन्तर्वार्तामा उनले सानैदेखि छोरीलाई सेलिब्रेटी बनाउन दबाब नदिने उनले बताइन् ।

‘उसले आफैं पहिचान बनाउनुपर्छ । उसले आफ्नै बलबुतामा परिचय बनाउनुपर्छ । मेरो परिचय मेरो बच्चा र फेमिलीको लागि होइन,’ रेखा सुनिइन् । बालअधिकार हनन गर्नु उचित नरहेको उनको भनाइ छ ।

यिनै कारण आफूले सामाजिक सञ्जालमा छोरी वैभवीको अनुहार नराखेको रेखाले बताइन् । छोरी आफ्नै पहिचानले चिनियोस् भन्ने उनको चाहना छ । केही समय छोरीलाई यी सबथोकबाट टाढा राख्ने उनले बताइन् ।

छोरीले आफ्नो हिसाबले हुर्किन पाउनुपर्ने उनको धारणा छ । आमाको नाममा छोरीले सजिलै परिचय पाउने र सेलिब्रेटी हुने कुराको विरुद्धमा उनी सुनिइन् । उनले नेपाली फिल्म क्षेत्रको एक उदाहरण समेत दिइन् ।

एक बाल कलाकारले सानोमा सेलिब्रेटीको रुपमा चर्चा पाएको तर ठूलो भएपछि कसैले लिन नमानेको उदाहरण उनले पेश गरिन् । जसकारण ती बाल कलाकार अहिले डिप्रेसनमा गएको उनले बताइन् । तर उनले नाम चाहिं खुलाइनन् ।

आफूले मात्र नभएर कुनै पनि अभिभावकले साना बालबच्चाको अनुहार सामाजिक सञ्जालमा सेयर नगर्न रेखाको आग्रह छ । यसले बालबालिकाको शारीरिक र मानसिक स्वास्थ्यमा असर गर्ने उनको भनाइ छ । रेखाको पछिल्लो फिल्म ‘उपहार’ रिलिज भएको थियो । चाँडै उनी नयाँ फिल्म निर्माणको तयारीमा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?