+
+

३० हजार टन मल आयात गर्न पुनः टेन्डर आह्वान

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १ गते १४:४७

१ साउन, काठमाडौं । सरकारले ३० हजार रासायनिक मल आयात गर्न मंगलबार पुनः बोलपत्र आह्वान गरेको छ ।

कृषि सामाग्री कम्पनी लिमिटेडका सूचना अधिकारी पून्यप्रसाद उपाध्यायका अनुसार पहिलो पटक टेन्डर आह्वान गर्दा रासायनिक मल आयात गर्न एउटा पनि आवेदन नपरे पछि पुनः टेन्डर आह्वान गरिएको हो ।

अहिले नै रासायनिक मल ल्याउन टेन्डर प्रक्रिया सुरु गर्दा हिउँदे बालीका लागि मल आउन सक्ने उनी बताउँछन् ।

मल आयात गर्न चाहने कम्पनीले सूचना जारी भएको मितिदेखि २१ दिनभित्र कुलेश्वर स्थित कम्पनीको मुख्य कार्यालयमा आवेदन दिइसक्नु पर्ने छ ।

कृषि मन्त्रालयका अनुसार २६ असारसम्म नेपालमा ७५ हजार ५० टन मल मौज्दात छ ।

कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कम्पनी लिमिटेडसँग गरी ३८ हजार १ सय ३० टन युरिया मल, २८ हजार १ सय ४६ टन डीएपी र पोटास ८ हजार ७ सय ७४ टन मौज्दात छ ।

चालु आर्थिक वर्ष २०८०/८१ मा ४ लाख ४७ हजार ७ सय ३३ टन मल बिक्री भइसकेको छ ।

मन्त्रालयले ‘जीटुजी’ मार्फत २५ हजार टन डीएपी मल नेपाल भित्रिन सुरु भइसकेको जनाएको छ । थप ६० हजार टनको टेन्डर प्रक्रियामा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?