+
+

सिद्धार्थ हस्पिटालिटीले आईपीओ ल्याउने, बिक्री प्रबन्धक नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १ गते १६:३०

१ साउन, काठमाडौं । सिद्धार्थ हस्पिटालिटी अन्तर्गत सिद्धार्थ इन्टरनेसनल होटल लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । सो प्रयोजनका लागि कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको हो ।

सिद्धार्थ ग्रुपअन्तर्गतको आईपीओ जारी गर्न लागेको कम्पनी सिद्धार्थ इन्टरनेसनल होटल लिमिटेड अन्तर्गत बौद्धस्थित चार तारे स्तरीय सिद्धार्थ बुटिक होटल र रुपन्देहीको भैरहवास्थित पाँच तारे सिद्धार्थ भिलासा सञ्चालनमा छन् ।

मंगलबार बिहान सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका अध्यक्ष चिन्तामणि (लक्षमण) न्यौपाने र मुक्तिनाथ क्यापिटलका तर्फका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कविन्द्रध्वज जोशीले हस्ताक्षर गरे ।

अध्यक्ष न्यौपानेले चालु आर्थिक वर्षमै आईपीओ निष्कासन गरिने जानकारी दिए । उनका अनुसार कुल जारी पूँजीको १० प्रतिशत सेयर सर्वसाधारणमा ल्याउन लागिएको हो ।

सिद्धार्थ हस्टिपालिटीअन्तर्गत पाँच तारे स्तरमा सिद्धार्थ भिलासा, चार तारे स्तरमा सिद्धार्थ वैभव र तीन तारे स्तरमा सिद्धार्थ बाटिका ब्रान्डका साथै हस्पिटालिटी एजुकेसन, रेस्टुरेन्ट, कटेज, क्याफे, कृषि फार्म, ट्रेडिङ, आईटी लगायत दुई दर्जनभन्दा बढी कम्पनी सञ्चालनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?