+
+

मन्त्रिपरिषदमा महिला प्रतिनिधित्व कम भएकामा महिला आयोगको असन्तुष्टि

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १ गते १६:४९

१ साउन, काठमाडौं । राष्ट्रिय महिला आयोगले मन्त्रिपरिषदमा महिला प्रतिनिधित्व कम भएको भन्दै असन्तुष्टि जनाएको छ ।

२२ सदस्यीय मन्त्रिपरिषदमा २ जना मात्र महिला सहभागी गराएर राजनीतिक दलहरुले संविधानको व्यवस्थालाई बेवास्ता गरेको र महिला नेतृत्वलाई अवसरबाट वञ्चित गरेको आयोगकी अध्यक्ष कमलाकुमारी पराजुलीले बताएकी छन् ।

संविधानको धारा ३८ (४) अनुसार राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक रहेको छ ।

संविधानमा यो व्यवस्था रहे पनि विभिन्न कानुनले राज्यका निकायमा ३३ प्रतिशत महिला सहभागिताको व्यवस्था गरेको छ । तर एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदमा कांग्रेस र एमालेका एक एक जना मात्र महिला छन् । यो संख्या कुन मन्त्रिपरिषद सदस्यको ९ प्रतिशत मात्र हो ।

हेर्नुहोस् महिला आयोगको विज्ञप्ति : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?