+
+

‘खुस्मा’को गीतमा रोमान्टिक धीरज र उपासना

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १ गते १७:३७

काठमाडौं । फिल्म ‘खुस्मा’ले पहिलो गीत रिलिज गरेको छ । ‘खुसीका पल बटुलेर’ बोलको गीतमा एसडी योगीको संगीत छ । यो प्रेमिल गीतमा योगी र विज्ञानी पराजुलीको युगल स्वर छ ।

राम अविरल विष्टले गीत लेखेका हुन् । गीतमा फिल्मका शीर्ष कलाकार धीरज मगर र उपासनासिंह ठकुरीको रोमान्स देख्न सकिन्छ । भिडियोमा पूर्वीरुकुमका सुन्दर दृश्य कैद गरिएको छ ।

कोरियोग्राफी सुरेन्द्र राईले गरेका हुन् । अशोक थापामगर लेखक-निर्देशक हुन् । यसअघि केही डकुमेन्ट्री फिल्मको लेखन र निर्देशन गरेका थापाको यो डेब्यु फिचर हो । यो फिल्म असोज ३ गते प्रदर्शन हुँदैछ ।

एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको फिल्मको निर्मातामा वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन र बेतान मगर छन् । सह-निर्मातामा मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी छन् । मोहन राई कार्यकारी निर्माता रहेको फिल्ममा दीपक बज्राचार्यको छायांकन छ ।

फिल्ममा माओत्से गुरुङ, खड्कबहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुण मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय छ ।

एसडी योगी र छान्जु पार्क (कोरियन) को संगीत सुरेन्द्र राना, राम अविरल बिष्ट र निर्देशक थापा मगरको गीत रचना रहेको छ । सिनेमाको वितरण गोविन्द शाहीको काफिया फिल्मस्ले गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?