+
+
ललितपुरमा व्यवसायीमाथि खुकुरी प्रहार घटना : :

प्रहरी हत्यामा जेल बसेका समेत समातिए, पक्राउको संख्या ६ पुग्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १ गते १७:५४

१ साउन, काठमाडौं। ललितपुरको गोदावरी नगरपालिका–९ छेडामा व्यवसायी मनोज बाँनियामाथि खुकुरी प्रहार गरेको आरोपमा पक्राउ पर्नेको संख्या ६ पुगेको छ ।

आज मंगलबार थप एक जनालाई पक्राउ गरिएसँगै पक्राउको संख्या ६ पुगेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए । मंगलबार चाबहिलबाट धराने भनिने विभाग गुरुङलाई प्रहरीले पक्राउ गरको छ ।

अहिलेसम्म पक्राउ पर्नेहरुमा धरानेसँगै ललितपुरको भैसेपाटीका बाबा भनेर चिनिने राजेश केसी, आलिंकन लामिछाने, आयुमान अधिकारी, सुरेन्द्र महर्जन र दीपक वान्तवा राई छन् । खुकुरी प्रहारमा संलग्न भनिएका तीन जना भने अझै फरार रहेको प्रहरीले जनाएको छ । फरार हुनेहरुमा प्रवीण महत, सुजन श्रेष्ठ र सोप्निल भण्डारी छन् ।

बाबा भनिने राजेश केसीको समूहले छेडामा कटेज बनाउँदै गरेका बाँनियामाथि ७ असारमा खुकुरी प्रहार गरेका थिए । बाँनिया र बाबाबीच जग्गा सम्बन्धी विवाद रहेको खुलेको छ । सोही विषयलाई लिएर बाँनियामाथि खुकुरी प्रहार भएको पाइएको ललितपुर परिसरका एसपी सुवेदीले बताए ।

घटनाको ५ दिनअघि मात्रै बाँनियाको समूहले बाबालाई घरमै गएर कुटपिट गरेको समेत खुलेको छ । त्यसको ५ दिनपछि बाबाको समूहले बाँनियामाथि खकुरी प्रहार गरेको हो । खकुरी प्रहारबाट घाइते भएका बाँनियालाई नख्खुस्थित मेडिसिटीमा उपचार गराइएको थियो ।

उनको बायाँ हात, खुट्टा र तीघ्रामा गहिरो चोट लागेको थियो । अहिले भने उनी डिस्चार्ज भइसकेका छन् । पक्राउ परेकाहरुविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा जिल्ला अदालत ललितपुरबाट म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

पक्राउ पर्नेहरु लागु औषधदेखि प्रहरी हत्यासम्म संलग्न

खकुरी प्रहार घटनामा पक्राउ परेका अधिकांश व्यक्ति आपराधिक पृष्ठभूमिको रहेको खुलेको छ । आज मंगलबार पक्राउ परेका धराने भनिने विभाग गुरुङ बाँनियामाथि खुकरी प्रहार गर्ने मुख्य व्यक्ति रहेको खुलेको छ । उनलाई बाबाले प्रयोग गरेर खुकुरी हान्न लगाएको खुलेको छ । भैंसेपाटीस्थित गोकुल आवासका बाबाको मुख्य योजनामा खुकुरी प्रहार भएको थियो ।

गुरुङ यसअघि ठगी र सरकारी कागजात कीर्ते प्रकरणमा फरार रहेका अभियुक्त रहेको खुलेको छ । ठगी कीर्तेमा उनको समूहलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको थियो भने उनी फरार हुँदै आएका थिए ।

हिजो सोमबार पक्राउ परेका दीपक वान्तवा राईले घटनाका मुख्य योजनाकार बाबालाई भगाउन सहयोग गरेको अनुसन्धानबाट खुलेको छ । खकुरी प्रहारपछि बाबालाई गाडीमा राखेर बुढानिलकण्ठ र सतुंगलसम्म पुर्‍याएर वान्तवा राईले छाडेको पाइएको छ । राई यसअघि लागु औषधको कसुरमा जेल बसेर छुटेका व्यक्ति रहेको खुलेको प्रहरीले जनाएको छ ।

त्यसैगरी अर्का व्यक्ति सुरेन्द्र महर्जनको पृष्ठभूमि पनि आपराधिक रहेको खुलेको छ । जावाखेलका स्थानीयले महर्जन प्रहरी हत्यामा १० वर्ष जेल बसेका व्यक्ति रहेको खुलेको प्रहरी स्रोतले जानकारी दियो ।

कालिमाटी वृत्तका सादा पोशाकका प्रहरी जवान विष्णु राना मगरको हत्या आरोपमा महर्जन १० वर्ष जेल बसेर २०७१ सालमा छुटेको खुलेको छ । जवान राना मगर र समृद्ध गुरुङबीच आर्थिक लेनदेन भएको थियो ।

२९ वैशाख २०६१ मा समृद्ध हाल पक्राउ परेका सुरेन्द्रलाई लिएर प्रहरी जवान राना मगरलाई भेट्न कालिमाटी पुगेका थिए । सो क्रममा विवाद भएपछि उनीहरुले खुकुरी प्रहार गरेर जवान विष्णुको हत्या गरेका थिए ।

उक्त घटनामा काठमाडौं जिल्ला अदालतले सुरेन्द्रलाई सर्वश्वसहित जन्मकैद र समृद्धलाई जन्मकैदको फैसला सुनाएको थियो । जिल्लाको फैसला उल्टाउँदै उच्च अदालत पाटनले समृद्धलाई ५ वर्ष र सुरेन्द्रलाई १० वर्ष कैदको सजाय सुनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?