+
+

जुटेको दुई वर्षमा फेरि फुटे मोहन वैद्य र धर्मेन्द्र बाँस्तोला

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १ गते १८:०८

१ साउन, काठमाडौं। दुई वर्षअघि पार्टी एकता गरेका साना माओवादी घटकहरु फेरि फुटेका छन् । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा सहसंयोजक रहेका धर्मेन्द्र बाँस्तोला कन्चनले मंगलबार एक वक्तव्य निकाल्दै फुटको घोषणा गरेका हुन् ।

माओवादी फुटेर मोहन वैद्य हुँदै विप्लव नेतृत्वको माओवादीमा पुगेका बाँस्तोलाले आफ्नै नेतृत्वमा नेकपा जनमत गठन गरेका थिए । दुई वर्षअघि ०७९ साउन २० गते उनी र मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी बीच एकता भएको थियो ।

अहिले फेरि फुट्दाखेरि बाँस्तोलाले वैद्य नेतृत्वमा पार्टी अघि बढ्न नसक्ने ठोकुवा गरेका छन् ।

वैज्ञानिक समाजवादकै कार्यदिशा मानेर जाने निर्णय गरे पनि बहसको प्रक्रियालाई अनुसन्धानमूलक र रुपान्तरणकारी बनाउने प्रयासमा अवरोध गरिएको उनले आरोप लगाएका छन् ।

पछिल्लो केन्द्रीय समिति बैठकपछि १९ असारमा वक्तव्य निकाल्ने क्रममा वैद्यले माओवाद र माओ विचारधारालाई पथप्रदर्शक सिद्धान्त मान्दै वैज्ञानिक समाजवादमा जाने राजनीतिक कार्यदिशा अवलम्बन गरेको दाबी गर्दै बहस लाई निषेध गरेको उनले वक्तव्यमा लेखेका छन् ।

‘वक्तव्यको बुँदा नं. ५ मा केन्द्रीय संगठन समितिको वैठकमा माक्र्सवाद–लेनिनवाद–माओवाद÷माओविचारधारालाई पथप्रदर्शक सिद्धान्त र नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवादमा जाने राजनीतिक कार्यदिशालाई अवलम्वन गरेको हाम्रो पार्टीको एकता महाधिवेशनलाई सफलतापूर्वक तथा शानदाररुपमा सम्पन्न गर्नका लागि विशेष जोड दिईएको छ’ भन्ने उल्लेख गरियो,’ बाँस्तोलाले जारी गरेको वक्तव्यमा उल्लेख छ, ‘उक्त विषयका वारेमा के स्पष्ट गर्नु आवश्यक हुन्छ भने नेकपा (मशाल) को तर्फबाट माओविचारधाराको बहस महाधिवेसनको प्रक्रियासम्म लिन पाउनुपर्छ र महाधिवेसनको हलले जुन विधि र प्रक्रिया तय गर्दछ त्यसलाई आत्मसात गर्ने भन्ने रहेकोले पार्टीको लेटरहेडमा एकता प्रक्रियादेखि नै माओविचारधारा उल्लेख गरिँदै आएको थियो । तर वक्तव्यमा उल्लेख गरे झैं त्यो ‘पथप्रदर्शक सिद्धान्त’ भईसकेको थिएन ।’

उनले वक्तव्यमा थप लेखेका छन्, ‘केन्द्रीय समितिको वैठकमा व्यापक बहस भएर तल्ला कमिटीहरूमा समेत फरक दस्तावेजहरूलाई पठाउने भन्ने महाधिवेशन आयोजक समिति र केन्द्रीय कार्यालयको निर्णय बिपरित कमरेड संयोजकबाटै सल्लाह नै नगरेर यसरी विषयवस्तु जबर्जस्त थोपर्नु बहसलाई अमर्यादित बनाउनु र अनुसन्धानलाई अस्विकार गर्नु हुन जान्छ । यहाँ के कुरा पनि स्पष्ट पार्नु उचित हुन्छ भने दुई बर्ष लामो बहसको यो समग्र प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा व्यक्त हुँदै आएको अवरोधजन्य कार्यशैलीको यो निरन्तरता मात्र हो । कुनै न कुनै रुपमा यो दृष्टिकोण र चिन्तन पद्धतिको समेत सिमा हो । हामीले आफैँलाई नढाँटेर भन्ने हो भने यो बेला रुपान्तरण र बहसको प्रमुख आवश्यकता तल्ला निकायमा नभएर माथिल्ला निकायमा र प्रमुख नेतृत्व तहमै हो ।’

सैद्धान्तिक किचलो बढ्दै आरोपप्रत्यारोपमा पुगेर पार्टी विभाजित भएको वक्तव्यमा उल्लेख छ ।

हेर्नुहोस् विज्ञप्ति : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?